अरु पार्टीका उम्मेद्वार भोट माग्न हिँडिरहेको बाटो पनि नेकपा एमालेकै जनप्रतिनिधिहरुले बनाएको एमाले नेता महतको दावि
माघ १७, कावासोती ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं नवलपुर इन्चार्ज तिलक महतले अरु पार्टीका उम्मेद्वारहरु जुन बाटोमा हिँडेर भोट माग्दै हुनुहुन्छ, त्यो सडक एमालेका जनप्रतिनिधिहरुले नै बनाएको बताउनुभएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का स्वर्गिय वडाध्यक्ष तवारक अहमद मियाको स्मृति सभालाई सम्बोधन गर्दै महतले नयाँ भनिनेहरुले पनि पूरानाहरुले नै बनाएका भौतिक संरचनाहरुकै विचमा भोट माग्न पुगिरहेको दावि गर्दै स्वर्गिय मियाले देखेको सपना पूरा गर्नकालागि पनि नेकपा एमालेकै सरकार बन्नुपर्ने बताउनुभएको हो ।
नवलपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार समेत रहनुभएका महतले स्वर्गिय मियाले कावासोती …










